सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक बस्दै



काठमाडौं । आज सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक बस्दैछ । बैठक अहिले बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्न लागेको हो । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको बताइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।