लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गरे । ‘हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो,’ उनले भनेका छन् ।