माओवादीको पदाधिकारी बैठक २ घण्टा सर्‍यो



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको हो ।

आजको बैठकमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम छ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने तय भएको छ ।


बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए । बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने छ ।