बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले दिए राजीनामा



काठमाडौँ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । 

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । 


कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

बुधबार बसेको एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।