बागमती प्रदेशसभा कार्यपरामर्श समितिको बैठक साउन ५ मा



मकवानपुर । बागमती प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको साउन ६ गतेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएकाले सो प्रक्रियाका विषयमा कार्यसूची तयार गर्न साउन ५ गते कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 


    प्रदेशसभाको बैठक यही साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने भएकाले बैठकमा उपस्थित हुन प्रदेशसभा सदस्यहरुलाई सूचना प्रवाह गरिरहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए ।