प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै ओली लैनचौरस्थित शहीद स्मारक पुगेका थिए । उनले सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि लगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनी पदभार ग्रहणका लागि मन्त्रालय पुगेका हुन् ।