नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन्।


प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्थापित गरेर ओली प्रधानमन्त्री बनेका हुन् ।