नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपतिद्वारा कानुनविद्सँग परामर्श



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेकाे विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।


सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।