धार्मिक अभियन्ता खतिवडालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतकाले अनुमति दिएको छ । खतिवडा धुम्बाराहीस्थित मण्डिखाटारबाट आज पक्राउ परेका थिए ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा उनी पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।


काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।