तोलामा १ हजारले बढ्यो सुनको मूल्य



काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।