जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि



भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार ५ सय ९२ राजस्व संकलन गरेको छ । ३६ हजार ८ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो ।

आव २०८०र८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । ‘गत आव २०७९र८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार १ सय ९९ ले राजस्व वृद्धि भएको छ,’ उनले भने


गत आवमा ५८ करोड ४५ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०८०र८१ मा सेवा करवापत ७ करोड ५१ लाख ३९ हजार ४ सय ७६, रजिष्ट्रेशन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार ५ सय ५४, छुटवापत ६ करोड २७ लाख ८७ हजार ६ सय १२, डोर सुविधा शुल्क १ लाख ८९ हजार, पुँजीगत लाभकर ३२ करोड १ लाख २५ हजार २ सय ६७ र विलम्ब शुल्कवापत १ लाख १७ हजार ९ सय ६ रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए ।