काठमाडौँका नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह



काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ । वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौँको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । यसले गर्दा बागमती गौरीघाट, विष्णुमती, धोविखोला लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ । 


नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।