इजरायलमाथि योजनाबद्ध नरसंहारको आरोप



हमासका एक अधिकारीले इजरायलमाथि योजनाबद्ध नरसंहार गरेको आरोप लगाएका छन‍्। 

शुक्रबार गाजा सहरमा भएको हिंसात्मक घटनामा ७० भन्दाबढी प्यालेस्टिनी मारिएका थिए। त्यसपछि हमासका एक अअधिकारीले अलजजिरासँग कुरा गर्दै उक्त आरोप लगाएका हुन्। 


हमास सरकारी मिडिया अफिसका महानिर्देशक इस्माइल अल–थावाब्ताले इजरायली सेनाले पूर्वीगाजा शहरमा हजारौँ प्यालेस्टिनीलाई पश्चिमी र दक्षिणी छिमेकमा सर्न निर्देशन दिएको र उनीहरू आइपुगेपछि गोली चलाएको दाबी गरे। 

अल–थावाब्ताकाले उद्धार टोलीले ताल अल–हवा क्षेत्रबाट ७० शव उद्धार गरेको र कम्तिमा ५० जना बेपत्ता भएको खुलासा गरे। केही विस्थापित मानिसले सेतो झण्डा बोकेका इजरायली सेनालाई औँल्याउदै लडाकु नभई विस्थापित भएको जिकिर गर्दा गर्दै पनि इजरायली कब्जा सेनाले यी विस्थापित मानिसलाई मृत्युदण्ड दिएको अल–थावाब्ताले उल्लेख गरे। 

उनका अनुसार इजरायली सेनाले ताल अल–हावामा त्यो नरसम्हार गर्ने योजना बनाइरहेको थियो । उनले प्यालेस्टिनी विरुद्धको “उन्मूलनको युद्ध” अन्त्य गर्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा सहरमा भएको घटनाको निन्दा गर्दै यसलाई चलिरहेको द्वन्द्वमा नागरिकको मृत्युको अर्को दुःखद् उदाहरण भनेका छन्।