हर्न अफ अफ्रिकामा जल असुरक्षा र जलवायु सङ्कट समाधान गर्न आह्वान



विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र क्षेत्रीय सङ्गठनहरूले जलवायु सङ्कटले हर्न अफ अफ्रिकामा पानीको तनाव बढाउँदै गएकाले पानी व्यवस्थापनमा थप लगानी गर्न आह्वान गरेको छ ।

राष्ट्रसङ्घीय आठ एजेन्सीहरू, विश्व बैंक, विकास र मानवीय साझेदारहरूमा अन्तरसरकारी प्राधिकरण, नागरिक समाज सङ्गठनहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले पानीमा क्षेत्रीय सहयोग सुदृढ गर्न रणनीतिक साझेदारहरूको संवादका लागि मङ्गलबार केन्याको राजधानी नैरोबीमा भेटेका थिए ।


सङ्गठनहरूका अनुसार बारम्बार खडेरी र बाढीले नराम्ररी प्रभावित क्षेत्रमा हर्न अफ अफ्रिकाका पाँचमध्ये एकजनालाई सफा र सुरक्षित पानीको पहुँच छैन । साझेदारहरूले नैरोबीमा जारी विज्ञप्तिमा भनेका छन्, “विकास र जलवायु वित्तपोषणका साथै सहयोगी र नवीन पहलमार्फत लगानी यस क्षेत्रका मानिसहरूलाई आज र भविष्यमा फस्टाउन सक्षम बनाउन आवश्यक छ ।”

यस क्षेत्रका करिब ३० प्रतिशत जनसङ्ख्याको बसोबास सुक्खा र अर्ध–सुक्खा क्षेत्रमा छ । उनीहरूलाई जल असुरक्षाको जोखिममा पर्दा यस क्षेत्रका धेरैजसो क्षेत्रमा वर्षको कम्तिमा तीन महिना पानीको अभाव हुने गर्छ । सङ्गठनहरूले ठोस कार्यबिना, जल असुरक्षा र जलवायु परिवर्तनसम्बन्धी झट्काले हर्न अफ अफ्रिकामा राष्ट्रिय विकास एजेन्डाहरूलाई कमजोर पार्न सक्ने चेतावनी दिएका छन् ।