स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ



काठमाडौँ । स्रोत नखुलेको नगदसहित भक्तपुरबाट प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ६९ लाख नगदसहित चारजना चिनियाँलाई सुर्यबिनायक नगरपालिका–१० स्थित भात्तेढिकुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय चाङ यान, ५० वर्षीय निङ स्यालिन, २४ वर्षीय छो होरान र ३६ वर्षीय दना लाइयु छन् । बा.७० प २८७२ नम्बरको ट्याक्सिमा सवार उनीहरुको साथमा स्रोत नखुलेको नगद भेटिएको थियो ।


ज्याठास्थित उनीहरु बस्ने डेरामा खानतलासी गर्दा थप नगद फेला परेको थियो । उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाइने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।