श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार सरकारले वातावरणीय दिगोपनालाई प्राथमिकतामा राखेकाले सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) का अनुसार विश्व वातावरण दिवस मनाउने कार्यक्रममा उनले भने, “श्रीलङ्काले शून्य कार्बन उत्सर्जनको विश्वव्यापी उद्देश्यलाई आफ्नो राष्ट्रिय नीतिमा समाहित गरेको छ ।”
यसको प्रमाणको रूपमा विक्रमासिङ्घेले प्रमाणपत्रका साथ श्रीलङ्काका १० उत्कृष्ट हरित रेलवे स्टेशनहरूलाई मान्यता दिए र राजधानी कोलम्बोबाट करिब एक सय एक किलोमिटर टाढा रत्नपुरामा वार्नगलावाट्टे वातावरणीय क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोके ।
सन् २०२३ मा जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले श्रीलङ्काले सन् २०४० सम्म कार्बन तटस्थता हासिल गर्ने अपेक्षा गरेको र आफ्नो कोइला पावर प्लान्टहरूको क्षमता नबढाउने प्रतिबद्धता गरेको उल्लेख गरेको छ ।