यू-२० एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा



काठमाडौँ । सन् २०२५ मा चीनमा आयोजना हुने एएफसी यू-२० एसियन कप फुटबल प्रतियोगिताको छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । यस समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया पनि रहेका छन् ।


समूह ‘बी’ का खेलहरू चाइनिज ताइपेइमा हुने तालिका रहेको छ । छनोट खेलहरू सेप्टेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने एएफसीले जनाएको छ ।

नेपालले पहिलो खेल कम्बोडियाविरुद्ध सेप्टेम्बर २१, दोस्रो खेल चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर २३, तेस्रो खेल उज्बेकिस्तानविरुद्ध सेप्टेम्बर २५ तथा चौथो खेल बहराइनविरुद्ध सेप्टेम्बर २७ मा खेल्ने तालिका रहेको छ ।