यस्तो छ आज विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ।


यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ। शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

आज, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ। शुक्रबार पाण्उड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेकोमा बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको थियो।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ।