मोहन चरण माझी बने ओडिशाको मुख्यमन्त्री



भाजपा नेता मोहन चरण माझीले बुधबार साँझ ओडिशाको मुख्यमन्त्रीको सपथ लिएका छन् ।

ओडिशामा पहिलो पटक भाजपाले सरकार बनाएको छ । कनक वर्धन सिंह देव र प्रवती परिदाले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । नयाँ सरकारमा १३ मन्त्रीले पनि सपथ लिएका छन् ।


यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायत धेरै मन्त्रीहरू उपस्थित थिए। बिजु जनता दल (बीजेडी) का नेता नवीन पटनायक, जो लगातार २४ वर्षसम्म ओडिशाको मुख्यमन्त्री थिए । उनी पनि शपथ समारोहमा उपस्थित थिए।

राजधानी भुवनेश्वरको जनता मैदानमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।