मधेशमा दलहरुको संयुक्त बैठक जारी, आजै मुख्यमन्त्रीको दाबी पेश हुने



काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुबीच बैठक जारी रहेको छ । अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) का नेताहरु छलफलमा रहेका छन् । मधेशमा जनमतका सांसद शतिषकुमार सिंहलाई मुख्यमन्त्री बनाउने दलहरुको तयारी रहेको छ ।

मधेश प्रदेश जनमत पार्टी संसदीय दलका प्रमुख सचेतक चन्दन कुमार सिंहले मुख्यमन्त्रीमा आज नै दाबी पेश हुने बताए । ‘अहिले दलहरुबीच बैठक जारी रहेको छ । आज नै मुख्यमन्त्रीको दाबी पेश गर्छौं,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।


मधेश प्रदेशका निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी हिजोबाट पदमुक्त भएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजो नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा दाबी पेश गर्न आह्वान गरेकी थिईन् ।