बालमन्दिर जग्गा प्रकरण: तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ



काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना पक्ररणमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छन । नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो।

श्रेष्ठबाहेक तत्कालीन अध्यक्ष रिता सिंह, महासचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।