बजेटलाई समर्थन गर्दै रघुजीले भने: बिना अध्ययन आएको प्रष्टै छ, अर्थमन्त्रीज्यू नरिसाउनुहोला



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्री वर्षमान पुनले गहिरो अध्ययनबिनानै बजेट ल्याएको टिप्पणी गरेका छन् ।

सोमबार बसेका प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष ०८१ ८२ को विनियोजित विधेयकमाथिको छलफलमा भाग लिँदै पन्तले अर्थमन्त्रीले सत्तारुढ दलहरुसँग परामर्श नगरि बजेट ल्याएको र बजेटमा राखिएका उदेश्यहरु पनि पूरा गर्न गाव्हो हुने जिकि गरे । उनले अर्थमन्त्री पुनलाई नरिसाउन आग्रह गर्दै बजेट बिना अध्ययन नै आएको प्रष्ट भएको बताए ।


उनले आन्तरिक ऋण बढी लिनु अर्थतन्त्रलाई नकारात्मक हुने टिप्पणी गरे । “बजेट व्यवहारमा जाँदा टार्गेट गरेको लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ ? त्यहाँबाट बजेटको मूल्यांकन गर्नुपर्छ । बजेटले राखेको लक्ष्य अपूरा नहुन्,” उनले भने ।

कृषिमा लगानी दशक घोषणा गरेर कृषिमा बजेट घटाउने, महिला बालबालिका मन्त्रालयको बजेट घटाएर टार्गेटअनुसार कसरी बजेट मिलान भयो भन्दै उनले प्रश्न गरे । उनले पुँजीगत खर्चलाई पनि दूरदर्शी भएर बजेटमा हेर्न अनुरोध गरे । 

“पाँच खर्ब ८५ अर्बको बजेटको सुनिश्चितताको पत्र अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई दिएको छ । त्यसको स्रोत कसरी सुनिश्चितता भयो ? अनि योजनालाई कसरी बजेट छुट्याउने ?” उनले भने,” ।