फ्लोर क्रस हुँदा गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



काठमाडौं । गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथिको मतदानमा भाग लिँदै उनले पाण्डेको पक्षमा मत दिएका हुन् । उनले विश्वासको मत दिएसँगै पाण्डेले विश्वासको मत पाएका छन् ।


आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावमा उनको पक्षमा ३१ जनाले मत दिए । उनलाई कांग्रेस, राप्रपा, नेसपा र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका थिए । विपक्षमा भने नेकपा एमाले र माओवादी केन्द्रले मत दिएका थिए ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लो क्रस गरेर मत दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै एमाले र माओवादीका सांसदहरु प्रदेश सभाबाट बाहिरिएका छन् ।