प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ ।

बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । 


प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी लिन आइतबार भारत जान लागेका हुन् ।