प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमले आम छोरीको अपमान भयो: सांसद बलायर



काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सरकारले घोषणा गरेको प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै बलायरले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन । तर, जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाइदिँदा जाति हुन्छ ।’