जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहसहित मन्त्रीहरूको शपथग्रहणसँगै शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो । मधेश प्रदेशमा शुक्रबार मात्रै नयाँ सरकार गठन भएको हो ।