पुलको जाली काटेर फसेका खच्चडलाई कर्णालीमा झारियो, उद्धारकार्य जारी



दैलेख । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा दुई घन्टादेखि फसेका १३ वटा खच्चडको उद्दार थालिएको छ ।

आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेका हुन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारका लागि पुलको जाली काटिएको छ ।


अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए। ती खच्चरको उद्धार अहिले जाली काटेर भइरहेको छ।

पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।