पाकिस्तानमा आतंकवादी हमला, ७ सैनिकको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी आक्रमणमा सात सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्सले लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो । 


सेनाले विज्ञप्तिमा जनाएअनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा आइतबार सडक किनारमा भएको बम विस्फोटको बदलास्वरूप छापा मारिएको थियो । सोही क्रममा सेनामाथि आतङ्कवादी आक्रमण भएको हो ।

पाकिस्तानी अधिकारीहरूले प्राय: अफगानिस्तानका तालिवान शासकहरूले तेहरिक-ए-तालिबान-ए-पाकिस्तान (टीटीपी) लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउने गरेका छन्‌ । तर, काबुलले सो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।