पाकिस्तान राष्ट्रिय विकासको लागि महिला कल्याण बढाउने



पाकिस्तानी योजना, विकास र विशेष पहलमन्त्री अहसान इकबालले सरकारले महिलाको स्वास्थ्य र शिक्षामा सुधार गर्ने सरकारको प्रतिबद्धतालाई उजागर गर्दै राष्ट्रिय विकासका लागि महिला हितलाई अभिवृद्धि गर्न प्रयास गरिरहेको बताएका छन् ।

“कुनै पनि देशले आफ्नो महिला जनसङ्ख्याको पूर्ण सहभागिताबिना विकास हासिल गर्न सक्दैन, महिलाहरूले पाकिस्तानको सन्दर्भमा जनसङ्ख्याको लगभग ५० प्रतिशत ओगटेका छन् । सरकार राष्ट्रिय विकासको आधारशिलाका रूपमा महिलाको स्वास्थ्य र शिक्षालाई अभिवृद्धि गर्न प्रतिबद्ध छ”, मङ्गलबार एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।


राष्ट्रिय विकासमा ५० प्रतिशतभन्दा कम महिला सहभागिता दर भएका मुलुकले दिगो विकासमा सफल हुन नसकेको भन्दै उनले एसियाका तीव्र विकासशील मुलुकमा महिलाको साक्षरता दर ९० प्रतिशत पु¥याउनु पर्ने आवश्यकतामा जोड दिए ।

“देशले महिला कल्याणका लागि विभिन्न उपाय लागू गरेको छ । यसमा प्राविधिक विकासहरू समावेश छन्, जसले महिलाहरूलाई घरबाट काम गर्न सक्षम बनाउँछ”, मन्त्री इकबालले भने, “पाकिस्तानको विकास एजेन्डामा महिला कल्याणलाई उच्च प्राथमिकतामा राखिएको सुनिश्चित गर्दै हामी यी प्रयासहरू जारी राख्नेछौँ ।”