थाइल्याण्डमा समलिंगी विवाहलाई कानूनी मान्यता, राजाको स्वीकृतीपछि लागू हुने



थाइल्याण्डमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएको छ।

मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन्। थाइल्याण्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ।


अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिंगी विवाह यस वर्षको अक्टोबरमा थाइल्याण्डमा हुनेछ।

थाइल्यान्डमा २० वर्षदेखि समलिंगी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो। अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।

यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।थाइल्याण्ड समलिंगी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ।

एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्‍याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् । थाइल्याण्ड समलिंगी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ।

यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।