तापक्रममा उच्च बृद्धि भएपछि सावधानी अपनाउन नागरिकलाई चीनको आग्रह



चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले उच्च तापक्रम वृद्धि हुने क्रम जारी रहँदै गर्दा यसबाट हुने जोखिमबारे चेतावनी जारी गरेको छ ।

आज दिउँसो बेइजिङ, तियान्जिन, हेबेई, शानडोङ, हेनान, आन्हुइ, जियाङसु, भित्री मङ्गोलिया, सिनजियाङ र गान्सुका केही क्षेत्रहरूमा तापक्रम ३६ डिग्री सेल्सियससम्म रहने केन्द्रले जनाएको छ ।


यसले हेबेई, शानडोङ, हेनान, आन्हुई र सिनजियाङका केही भागमा अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने र कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री नाघेको पनि बताएको छ ।

उच्च तापक्रमको समयमा बाहिरी गतिविधिहरू बेवास्ता गर्नुपर्छ र बालबालिका र वृद्ध व्यक्तिजस्ता कमजोर समूहलाई जोगाउन सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।

चीनमा उच्च तापमानको लागि तीन तहको चेतावनी प्रणाली सङ्केतका लागि सुन्तला, पहेंलो र रातो रङलाई प्रयोग गरिन्छ । रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ ।