ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी, सबै सकुशल



नयाँ दिल्ली । भारतको दिल्लीको तुगलकाबाद र ओखलाबिचको ताज एक्सप्रेसको तीन डिब्बामा सोमबार ठुलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ । 

डिसिपी रेलवेका अनुसार साँझ ४ः४१ बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा ६ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ ।


घटनापछि डिसिपीले भनेको छ, “घटनास्थलमा ताज एक्सप्रेस ट्रेनको तीन डिब्बामा आगो लागेको थियो । घटनापछि रेल रोकियो । यात्रीहरू अन्य डिब्बामा गएकाले कोही घाइते भएका छैनन् ।”

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तथापि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।