डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु



काँक्रेविहार (सुर्खेत) । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।


प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।