चीनले मौद्रिक नीति समायोजन गर्ने



साङ्घाई । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन्।

यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने।


निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतिहरूको सामना गरिरहेको छ। यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए।