चलचित्र निर्देशक थापा पक्राउ



काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।

मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई आज (सोमबार) पक्राउ गरेको हो । आपराधिक विश्वासघात कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।


उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा राखिएको छ ।