संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अनुमति दिइएको मानवीय सहायता खाँचोमा परेका नागरिकहरूले नपाएको बताएको छ । राष्ट्रसङ्घले इजराइललाई आफ्नो कानूनी दायित्व पूरा गर्न आग्रह गरेको छ ।
राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएका प्रवक्ता जेन्स लार्केले जेनेभामा पत्रकार सम्मेलनमा भने, “हाल प्राप्त भइरहेको सहायता जनतामा पुगिरहेको छैन र यो ठूलो समस्या हो ।”
उनले इजिप्ट र गाजाबीचको रफाह क्रसिङ मे ७ मा इजरायली सेनाले बन्द गरेदेखि घेरामा परेको प्यालेस्टिन क्षेत्रमा सहायताका लागि मुख्य प्रवेश विन्दु केरेम शालोम क्रसिङमा इजरायली अधिकारीहरूको भूमिकालाई प्रकाश गरे ।
“हामीले सहायता वितरण सहजीकरणका लागि कानूनअन्तर्गत इजरायली अधिकारीहरूको सीमामा नरोकिने भनेर जोड दिइरहेका छौं,” लार्केले भने, “हामीलाई ड्रप–अफ पोइन्टमा पुग्न सुरक्षित र निर्बाध पहुँच चाहिन्छ, हामी सबै पक्ष कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न चाहन्छौँ ।”