पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन सुरु भएपछि यसले उग्र रुप लिएको हो ।
राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ ।
प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरुलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको जनाइएको छ ।
केन्याका अन्य धेरै सहरमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन् ।