![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारका लागि दवाव यात्रा गरिएको छ । चक्रपथ विस्तार हुन बाँकी रहेको क्षेत्रमा शनिबार दवाव यात्रा गरिएको हो ।
कलंकीदेखि धोविखोलासम्मको क्षेत्रमा यात्रा गरिएको हो ।पौडेल काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । चक्रपथ विस्तार हुन बाँकी क्षेत्रमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो । तर काम भने पूरा भएको छैन ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
केही दिनअघि सांसद पौडेलले चक्रपथ विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ राजदूतलाई भेटेका थिए । काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा यहाँका बासिन्दाको स्वास्थ्यमा असर परेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)