अफगानिस्तानका ३०० शरणार्थी परिवार स्वदेश फिर्ता



विगत दुई दिनमा पाकिस्तान र इरानबाट तीन सयभन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किएका छन् । दुई छिमेकी मुलुकमा वर्षौंदेखि शरणार्थीका रूपमा बसेका जम्मा तीन सय तीन परिवार केही दिनअघि स्वदेश फर्किएको राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो प्रतिवेदनमा फिर्ता हुनेको यकिन सङ्ख्या सार्वजनिक नगरी जनाएको छ ।

गत नोभेम्बरदेखि यी दुई देशबाट १० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्केका थिए । तीमध्ये अधिकांश गैरकागजातविहीन आप्रवासी रहेको बताइएको छ । अफगानिस्तानको कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा बसोबास अन्त्य गर्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन स्वदेश फर्किन बारम्बार आह्वान गर्दै आएको छ ।