६ संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज संसदका ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका छ।


संसदका दुई सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपरान्ह १३:१५ बजे बस्नेछ।