६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सीआईबीले आइतबार साँझ कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।


सीआईबीको अनुसार पक्राउ परेका नागरिकको साथबाट १/१ केजीका ६ वटा सुनका बिस्कुट र ४८ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।

सुन तस्करीमा संलग्न अन्यको खोजि भइहेको प्रहरीले जनाएको छ।

अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here