हतारमा वाम एकता गरेर पुरानै घट्ना दोहोर्‍याउने पक्षमा छैनौं : प्रधानमन्त्री



चितवन। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन्।

शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन्।


‘तत्काल र हतारमा वामपन्थी एकता गर्ने पक्षमा छैनौं। राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो,’ उनले भने, ‘अहिले नै पार्टी एकता र वाम एकता भनेर फेरि पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत छौं। सतर्कताका साथ हामी अघि बढेका छौं। त्यसकारण अहिले पार्टी एकता या वाम एकताभन्दा राजनीतिक स्थायीत्वलाई र लोकतन्त्र सुदृढीकरणलाई बढी जोड दिँदै जाने भन्ने हो।’ 

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढिकरणलाई बढि जोड दिदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ। उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस भन्नेमा सचेत रहेको धारणा राखे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए। उनले चितवनमा केरा किसानहरुलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here