हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान



हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

“मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ । वर्तमान गाजा सङ्कट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ”, उनले भने । उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताए ।


इजराइलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजराइली सहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा–शासक हमास विरुद्ध ठूलो आक्रमण सुरु गरेको छ । यसमा करिब एक हजार दुई सय इजराइलीहरू मारिएका र दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आठ महिना लामो इजराइली आक्रमणमा ३७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र ८५ हजार अन्य घाइते भएका बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here