स्लोभेनियासँग बराबरीमा रोकियो डेनमार्क



काठमाडौँ । डेनमार्क जारी युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १-१ गोलको बराबरीमा रोकेको हो ।


डेनमार्कका लागि खेलको १७औ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक हासिल गरेका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here