स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौं बस्ने वर्ष ३२ का झाङ युआन, वर्ष ५० का निङ हाओरान,, वर्ष २४ का क्युओ हवरन, वर्ष ३६ का दिनु लयु रहेका छन् ।


बुधवार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प २८७२ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा उक्त रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।