स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्र: विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण सबैतिर गर्नू



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो।


नेपाल पनि सो प्रतियोगितामा सहभागी भएको जनाउँदै मन्त्रालयले नेपाली खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन स्थानीय तहलाई आग्रह गरेको छ।

आईसीसी टी-२० विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससंग पहिलो खेल खेल्दैछ। करिब १ दशकपछि दोस्रो पटक टी २० विश्वकपमा नेपालले स्थान बनाएको हो ।