सेवाग्राहीका गुनासा सुन्न गृहमन्त्रीको ‘कल ब्याक फ्राइडे’ कार्यक्रम(भिडियोसहित)



काठमाडौं । कार्यकाल एकसय दिन पुगेको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘गृहमन्त्रीलाई भन्नुहोस्’ र ‘कल ब्याक फ्राइडे’ घोषणा गरेका थिए ।

सोही घोषणअनुरुप गृह मन्त्रालयको वेभसाइट वा गृह मातहतका कार्यालयमा राखिएको ‘गृहमन्त्रीलाई भन्नुहोस्’ क्यूआर मार्फत सेवा प्रवाह वा अन्य समस्याबारे सेवाग्राहीले गर्ने गुनासो गृहमन्त्रीले ‘कल ब्याक फ्राइडे’मा सम्बोधन गर्न सुरु गरेका छन् ।


‘कल ब्याक फ्राइडे’ गृहअन्तर्गतका कार्यालयले सेवाग्राहीलाई फोन गरेर उनीहरुको कामबारे जानकारी गराउने अभियान हो। गृहमन्त्रीले हरेक शुक्रबार निश्चित समय छुट्याएर सेवाग्राहीलाई फोन गर्न मातहतका कार्यालय वा अधिकारीलाई निर्देशन गरिसकेका छन् ।

‘गृहमन्त्रीलाई भन्नुहोस्’ क्यूआर मार्फत प्राप्त नागरिकका गुनासो सम्बोधनको सुरुवात असार १४ गते शुक्रबार (‘कल ब्याक फ्राइडे’मा) गृहमन्त्रीले गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fsecretariatofrabi%2Fvideos%2F490354076831274%2F&show_text=false&width=560&t=0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here