सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति कार्यक्रम टेबुल



कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही जेठ २० गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रति आज मुख्यमन्त्री दीर्घबहादुर सोडारीले टेबुल गरेका हुन् । 

बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ । 


यसैगरी बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा विषयगत समितिअन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा रामेश्वर चौधरी, इन्दिरा गिरी र दमनबहादुर भण्डारी, सार्वजनिक लेखा समिति सदस्यमा लक्ष्मणकिशोर चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्यमा घनश्याम चौधरी र नरेशकुमार शाही, सामाजिक विकास समिति सदस्यमा खुशीराम डगौराथारुलाई मनोनयन गरिएको जानकारी दिए ।