सर्वसम्मत नेतृत्व चयन गर्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने नेकपा एसको निर्णय



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाउँदै २९९ सदस्यीय बनाउने निर्णय गरेको हो।


केन्द्रीय पदाधिकारीको संख्या २१ जना हुने र सम्मानीत नेताको पद कायमै राख्दै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। त्यस्तै केन्द्रीय उपाध्यक्षमा एक महिलाको सिट सुरक्षित रहने उनले बताए।

प्रवक्ता खतिवडाले महाधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि पहल गर्ने र त्यसका लागि कुनै पदले महत्वपूर्ण सहायता पर्‍याए त्यसतर्फ पनि जानसक्ने उल्लेख गरे। सबै पहल गर्दा पनि निर्वाचनमा जानुपर्ने अवस्था आए त्यसका लागि तयार रहेको उनको भनाइ छ।

पार्टी सचिवालय बैठकले महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए। नेकपा एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन असार १६ देखि काठमाडौंमा सुरु हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here