समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलङ्काका पाँच मछुवाको मृत्यु



शनिबार समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलङ्काली मछुवाको आइतबार दिउँसो मृत्यु भएको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताएका छन् ।

उनले भने, “पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।”


विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here